PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन महाभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु



पहिलोपोस्ट

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन महाभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु

काठमाडौं : महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगबारे बयान लिन सिहंदरवारमा बैठक सुरु भएको हो।

जबरा बयानका लागि ११ बजे नै सिंहदरबार पुगेका थिए। तर, ढिला गरि बैठक सुरु भएको हो।

फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो। फागुन २२ गते ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएकोमा समितिले बुधवारका लागि जबरालाई बयान दिन बोलाएको हो। उनमाथि विभिन्न २१ वटा आरोप लगाएर महाभियोग दर्ता गरिएको थियो। महाअभियोग दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए।

समितिमा एमालेका विष्णु पौडेल,लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य छन्।  कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट छन् भने नेकपा माओवादी केन्द्रबाट यसोदा सुवेदी र रेखा शर्मा सदस्य छन्। नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजावदी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell