PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

नेपालको टी २० वरीयता दुई स्थान खस्कियो, केन्याको दुई स्थान बढ्यो



पहिलोपोस्ट

नेपालको टी २० वरीयता दुई स्थान खस्कियो, केन्याको दुई स्थान बढ्यो
फाइल फोटो क्यान

काठमाडौं : नेपाली क्रिकेट टोलीको टी २० वरीयता फेरि खस्किएको छ। आईसीसी वरीयतामा पछाडि रहेको टोली केन्यासँगको पाँच खेलको टी २० सिरिज ३-२ ले जितेको नेपालको टी २० वरीयता फेरि खस्किएको हो।

आईसीसीले जारी गरेको नयाँ वरीयता अनुसार नेपाल १६ औं स्थानमा झरेको छ। नेपालभन्दा अगाडी ११ औं स्थानमा जिम्‍बावे, १२ औं स्थानमा आयरल्याण्ड, १३ औं स्थानमा यूएई, १४ औं स्थानमा नामिबिया, १५ औं स्थानमा स्कटल्याण्ड छन्।

अर्कोतर्फ केन्याले भने टी २० वरीयता सुधारेको छ। नेपालसँगको सिरिज अघि ३० औं स्थानमा रहेको केन्याले मलेशिया र इटलीलाई पछि पार्दै २८ औं स्थानमा उक्लिएको छ।

नेपालले वरीयता सुधार्दै अर्को टी २० विश्वकपमा छनोटको दाबेदारी बलियो बनाउने लक्ष्य राखेर केन्या गए पनि त्यहाँ ब्यहोरेको दुई हार नेपालका लागि महँगो परेको देखिन्छ।

टी २० वरीयताको शीर्षस्थानमा भारत छ भने दोस्रो स्थानमा इङ्ग्ल्याण्ड, तेस्रो स्थानमा पाकिस्तान, चौथो स्थानमा साउथ अफ्रिका तथा पाँचौं स्थानमा न्युजिल्याण्डमा छ। छैटौं देखि १० औं स्थानसम्म अस्ट्रेलिया, वेस्ट इण्डिज, श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell