PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अविरल वर्षापछि सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध



रासस

अविरल वर्षापछि सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध

चौतारा : केही दिन यता परेको वर्षाले सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन्। जिल्लाको प्रमुख व्यापारिक केन्द्रसँग जोडिएका ग्रामीण सडक अवरुद्ध बनेका हुन्।

मेलम्ची, तिपेनी, भोताङ मोटरबाटोको ठाउँ-ठाउँमा पहिरो जाँदा पाँच पोखरी गाउँपालिकाका स्थानीयवासीले सास्ती व्यहोर्नु परेको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए। गाउँपालिकाले पहिरो पन्छ्याउने कार्य गरिरहे पनि यातायात सञ्चालन भने हुन सकेको छैन।

अरनिको राजमार्ग बाह्रबिसे-कोदारी लोकमार्गका विभिन्न खण्डमा पहिरोले बाटो अवरुद्ध भएको छ। स्थानीय राम थापाका अनुसार बलेफी-जलबिरे, जलबिरे-कात्तिके-तेम्बाथान सडकमाथिबाट पहिरो आउने र तलबाट भासिने भएपछि आवागमनमा समस्या भएको छ।

बाह्रबिसेदेखि त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्कर जोड्ने सडक भासिने र पहिरो जाने भएपछि तीन दिनअघिबाट सडक बन्द भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए।

स्थानीयवासीका अनुसार पहिरोले १२ वटै स्थानीय तहको सडकमा ठाउँ-ठाउँमा क्षति गरेको छ। सडकमा पहिरो झर्दा कतिपय ठाउँमा पूर्ण रुपमा बन्द भएको र कतिपय ठाउँ जोखिमपूर्ण भएकाले यसको मर्मत सम्भारको लागि पहल गरिरहेको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले जानकारी दिए। सडकमा पहिरो झर्दा स्थानीयवासीलाई बजारसम्म आउजाउ गर्नसमेत समस्या भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell