PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

एक संघीय सांसदसहित एकीकृत समाजवादीका दुई प्रदेशसभा सदस्य फर्किए एमालेमा



पहिलोपोस्ट

एक संघीय सांसदसहित एकीकृत समाजवादीका दुई प्रदेशसभा सदस्य फर्किए एमालेमा

कैलाली : नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका नेताहरू नेकपा (एमाले)मै फर्किएका छन्। बुधवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको एमाले कञ्चनपुरको पार्टी प्रवेश कार्यक्रममा यसअघि एमाले छोडेर समाजवादी रोजेका नेताहरू पुनः पुरानै पार्टीमा फर्किएका हुन्।

एमाले विभाजनपछि एकीकृत समाजवादीमा खुलेकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्यहरू तारा लामा तामाङ र कुरवीर चौधरी, समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रम बहादुर शाही, वेदकोट नगरपालिकाका पूर्व मेयरसमेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता एमालेमा फर्केका हुन्। उनीहरू सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्।

एमाले प्रवेश गरेका कुलवीर चौधरी सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत हुन्। उनलाई आजै बर्खास्त गरिएको प्रदेश सरकारले जनाएको छ।

बर्खास्तको आधिकारिक पत्र भने सार्वजनिक गरिएको छैन। तर, पार्टीको सिफारिसमा उनलाई बर्खास्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell