PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

थपिए २७१ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु



पहिलोपोस्ट

थपिए २७१ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ९२० जनामा परीक्षण गर्दा २ सय ७१ जनामा संक्रमण देखिएको हो।

२ हजार ४८५ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र १ हजार ४३५ एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा १ सय ७५ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म १२ हजार १ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell