
वीरगंज : पर्सा प्रहरीले वीरगंजबाट जबरजस्ती करणी मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१६ बस्ने अनिल प्रसाद चौरसिया रहेका छन्।
२०७६ असार १२ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले जबरजस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गरेको थियो। फैसला आदेशमा उनलाई ६ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तोकिएको थियो।
घटना लगत्तै फरार भएका उनलाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले सोमवार वीरगंज-१६ बाटै पक्राउ गरेको थियो। अदालतको आदेशमा कैद भुक्तानका लागि सोमवार नै वीरगंज कारागार चलान गरिएको वडा प्रहरी कार्यालय बिर्ताले जनाएको छ।