PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

शीतल निवासमा प्रचण्ड : राष्ट्रपतिलाई सम्झाए ओलीले ल्याएको नागरिकता अध्यादेश, ‘राजनीतिकरण गरिनु दुखद्’



पहिलोपोस्ट

शीतल निवासमा प्रचण्ड : राष्ट्रपतिलाई सम्झाए ओलीले ल्याएको नागरिकता अध्यादेश, ‘राजनीतिकरण गरिनु दुखद्’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राजनीतिकरण गर्न नहुने बताएका छन्। बुधवार शीतल निवासमा राष्ट्रपतिसँग भेट गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

पार्टीका पदाधिकारीसहित शीतल निवास पुगेका प्रचण्डले राष्ट्रपतिसमक्ष विधेयकलाई अनावश्यक राजनीतिकरण गरिनु दु:खद भएको बताएको प्रचण्डको सचिवालयले जनाएको छ।

भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे चासो राखेकी थिइन्। राष्ट्रपतिको चासोलाई सम्बोधन गर्दै प्रचण्डले वैवाहिक अंगिकृत नागरिकताको बारेमा राष्ट्रपति र आफ्नो पार्टीको धारण समान रहेकोसमेत स्पष्ट पारेका छन्।

‘वैवाहिक अंगिकृत नागरिकताको बारेमा राष्ट्रपतिज्यूले राख्नु भएको चासो र हाम्रो धारणा समान छ तर संसद्मा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन’, प्रचण्डले भनेका छन्, ‘त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन। यसबारे हाम्रो धारणा संसद्मा रेकर्ड गराएका छौँ। सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ। तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो।’

उनले विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरी राष्ट्रपतिले प्रमाणीकरण गरेको अध्यादेशको व्यवस्था अनुसार रहेकोसमेत राष्ट्रपतिलाई स्मरण गराउँदै भने, ‘यसलाई अनावश्यक राजनीतिकरण गरिनु दु:खद छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell