PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

बुटवलमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु-छोराको मृत्यु



पहिलोपोस्ट

बुटवलमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु-छोराको मृत्यु

बुटवल : बुटवलमा सवारी दुर्घटनामा बाबु-छोराको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले जानकारी दिए।

बुधवार दिउँसो बुटवल १३ बेलवासस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकर मुनी परेको थियो। उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो।

दुर्घटनामा गभ्मीर घाइते भएका बाबु-छोरालाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बुटवल-१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पाको रामपुर नगरपालिका-२ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन्। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुवै मोटरसाइकल र ट्यांकर प्रहरी नियन्त्रणमा रहेको डीएसपी अर्यालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell