PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

अपराजित आर्सनलसँग एस्टोन भिल्ला पराजित



पहिलोपोस्ट

अपराजित आर्सनलसँग एस्टोन भिल्ला पराजित
Photo: Premier League/Twiter

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले एस्टोनभिल्लालाई हराएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले एस्टोन भिल्लामाथि २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो।

खेलको ३० औं मिनेटमा गाब्रियल जिससले गोल गर्दै आर्सनललाई जित दिलाएका थिए। पहलो हाफमा आर्सनल अघि रहे पनि दोस्रो हाफमा डोउग्लास लुइजले गोल फर्काउँदै एस्टोन भिल्लालाई खेलमा फर्काए। उनले खेलको ७४ औं मिनेटमा गोल गरेका थिए। तर, ७७ औं मिनेटमा फेरि घरेलु टोलीले गोल फर्कायो। यसपटक गाब्रियल मार्सिनेल्लीले बुकायो साकाको पासमा गोल गरेका थिए। त्यसपछी दुबै टोलीले गोल थप्न नसक्दा खेल २-१ गोलले घरेलु टोलीले जित्यो।

योसँगै जारी सिजन शतप्रतिशत जित निकालेको आर्सनल शीर्षस्थानमा कायम छ। आर्सनलको १५ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको १३ अंक छ। सिटीले गएरातिको खेलमा नटिङ्घम फरेस्टमाथि ६-० को फराकिलो जित निकालेको थियो। त्यस्तै एस्टोन भिल्ला ५ खेलबाट ३ अंक जोडेर तालिकाको १९ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell