काठमाडौं : सरकारले बिलासी गाडी, मोबाइल मदिरा र मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएसँगै ती वस्तुहरुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
सरकारले गत सोमवार राजपत्रमा सूचना जारी गर्दै १० मध्ये ४ वस्तुको आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यो निर्णय पालना गर्न राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गरेको हो।
गत बैशाख १३ गतेदेखि सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्ध गरेको थियो। भदौ १४ गतेसम्म लगाएको प्रतिबन्धलाई केही खुकुलो पारिएको हो।
सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ। सरकारले असोज २८ गतेसम्मलाई यी चार वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको छ।
कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने खुलाएको छ।