PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बयानको लागि सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेर जबरा, लगत्तै बयान सुरु



पहिलोपोस्ट

बयानको लागि सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेर जबरा, लगत्तै बयान सुरु

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानको लागि सिंहदरबार पुगेका छन्। बुधवार जारी रहेको बयान हेर्दाहेर्दैमा रहेकाले आज पनि उनी बयान दिन सिंहदरबार पुगेका हुन्। अहिले सिंहदरबारमा बयान सुरु भएको छ।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई एक साताअघि बयानको लागि बोलाउने निर्णय गरेको थियो।

११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्।

गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाअभियोग दर्ता भएको थियो। जबरामाथि न्यायपालिका जगेर्ना गर्न असक्षम रहेको, अदालतमा विचौलिया र भ्रष्टाचारलाई बढावा दिएको, इजलास बाहिर बोल्दै न्याय प्रक्रियामा अवरोध सिर्जना गरेको, सरकार प्रमुखसँग मन्त्री पदका लागि ‘बार्गेनिङ’ गरेको लगायत आरोपहरु लागेका छन्। बैठकमा समितिका सदस्यहरुले चोलेन्द्रलाई बुधवार यिनै आरोपहरुबारे सोधेका थिए।

चोलेन्द्रले भने आफूमाथि लागेको महाभियोग प्रक्रियामा नै प्रश्न उठाए। संसद्ले समयमै महाअभियोग किनारा नलगाएको भन्दै आक्रोशित सुनिएका उनले महाभियोग स्वत: निष्कृय भएको दाबी समेत गरेका थिए। उनको कथन थियो : नियमवाली अनुसार यो प्रस्ताव अघि बढेन। यति गम्भीर विषयमा किन संविधान नियमावली पालना भएन। म संसदको सम्मानका लागि मात्र आएको हुँ।

आज उनले थप प्रश्नको सामना गर्ने छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell