PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा - १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस



पहिलोपोस्ट

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा - १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं : झापा क्षेत्र नम्बर १ कांग्रेसले यस क्षेत्रबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको छ। बिहीवार बसेको कांग्रेस क्षेत्रीय कार्यसमिति बैठकले शर्मालाई उम्मेदवारका लागि सिफारिस गरेको हो।

मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा झापा १ बाट शर्माको मात्रै एकल नाम आएको हो। विसं २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राम कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए। त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए।

शर्माले यसपटक चुनाव जसरी पनि जित्ने दाबीसमेत गरिसकेका छन्। 'यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु,' मंगलवार बिर्तामोडमा आयोजित एक कार्यक्रममा उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell