PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

वीरगंजमा ह्वात्तै बढे डेंगी र स्क्रब टाइफसका बिरामी



रासस

वीरगंजमा ह्वात्तै बढे डेंगी र स्क्रब टाइफसका बिरामी

पोखरीया : पर्साको वीरगंजमा डेंगी र स्क्रब टाइफसका बिरामीको संख्या ह्वात्तै बढेको छ। वीरगंजको नारायणी अस्पताल तथा निजी क्लिनिकमा दिनहुँ डेंगी र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन्।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन्। खासगरी वीरगंज बाहिरबाट आएका नागरिकमा बढीजसो डेंगी र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए। बिरामीको संख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन  सुझाव दिएका छन्।

हाल दैनिक रुपमा १५ देखि २० जनामा डेंगी र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन्। बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्षण देखिने गरेको डा सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell