PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

गौतम श्री बहुउद्देश्यीय सहकारीले सहकारी विभागमा बुझायो स्पष्टीकरण, अध्ययन गर्दै विभाग



पहिलोपोस्ट

गौतम श्री बहुउद्देश्यीय सहकारीले सहकारी विभागमा बुझायो स्पष्टीकरण, अध्ययन गर्दै विभाग

काठमाडौं : काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्पष्टीकरण बुझाएको छ।

करिब दुई महिनाअगाडि सहकारीका संचालक लगानीकर्ताको रकम डुबाएर फरार भएका थिए। त्यसपछि सहकारी विभागमा बचतकर्ताले उजुरी दिएका थिए। १ हजार २ सय भन्दाबढी बचतकर्ताले आफ्नो लाखौँ रुपैयाँ डुबाएको उजुरी परेपछि विभागले अनुसन्धान थालेको थियो।

घटना बाहिर आएको करिब एक महिनापछि सहकारी अध्यक्ष रामबहादुर गौतम सम्पर्कमा आएका थिए। त्यतिखेरसम्म विभागले सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने भूमि सुधार तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको थियो।

त्यसैको आधारमा मन्त्रालयले विभाग मार्फत सहकारी संचालकलाई स्पष्टीकरण सोधेको थियो। बचतकर्ताको रकम किन जोखिमा पर्‍यो ? सहकारीले कहाँ लगानी गर्दा रकम डुब्यो? लगायतका विभिन्न प्रश्न गर्दै स्पष्टीकरण सोधेको थियो। दुई सातामा समय दिएर सोधिएको स्पष्टीकरणको जवाफ सहकारी संचालकले विभागमा बुझाएका छन्।

‘दुई दिनजति भयो उहाँहरुको स्पष्टीकरण आएको छ। त्यसको अध्यायन गरिरहेका छौँ,’ सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले भने।

मन्त्रालयले लगानी गर्दाको आवश्यक कागजपत्र समेत मगाएको छ। १२ सय भन्दाबढीको उजुरी दिएको र करिब २ अर्ब रुपैयाँ डुबेको उनीहरूले उजुरीमा उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell