PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एकीकृत समाजवादी सुनसरीले सिफारिस गर्‍यो उम्मेदवारको नाम, क्षेत्र १ मा मुख्यमन्त्री राईसहित ४ जना



पहिलोपोस्ट

एकीकृत समाजवादी सुनसरीले सिफारिस गर्‍यो उम्मेदवारको नाम, क्षेत्र १ मा मुख्यमन्त्री राईसहित ४ जना

काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको जिल्ला सचिव वसन्त सुवेदीले जानकारी दिए।

यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ भने १ (ख) बाट रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको जिल्ला सचिव सुवेदीले बताए।

त्यसैगरी, प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम सिफारिस गरिएको छ। यस क्षेत्रको प्रदेशसभाका उमेदवारको नाम आगामी बैठकले सिफारिस गर्ने निर्णय गरेको सुवेदीले जानकारी दिए।

सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा मोहमद जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस गरिएको छ। प्रदेशसभामा क्षेत्र नम्बर ३ (क) बाट केशव विष्ट, गौरी परियार र नयनतारा सिटौलाको नाम सिफारिस गरिएको छ भने ३ (ख)बाट रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङको नाम सिफारिस गरिएको छ।

यस्तै, क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा केशवप्रसाद तिम्सिना, डा सिएन पाठक र कैलाश अञ्जुमको नाम सिफारिस गरिएको छ। प्रदेशसभा क्षेत्र नम्बर ४ (क) मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेलको नाम सिफारिस गरिएको छ भने ४ (ख) मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गरिएको सुवेदीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell