धादिङ : यहाँ डेंगीका बिरामीको संख्या बढ्न थालेको छ। मंगलवार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेंगी परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए।
अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढिरहेको समयमा डेंगीका बिरामी पनि बढ्न थालेको हो। साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनामा डेंगी पुष्टि भएको छ। पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छ भने ११ जनाको उपचार भइरहेको छ।
डेंगी संक्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ। ज्वालामुखी गाउँपालिका-२ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको डेंगी संक्रमणपछि मृत्यु भएको थियो।