PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

रुपन्देही २ मा कांग्रेसबाट गृहमन्त्री खाणसहित ४ जना सिफारिस



पहिलोपोस्ट

रुपन्देही २ मा कांग्रेसबाट गृहमन्त्री खाणसहित ४ जना सिफारिस

बुटवल : मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ रुपन्देही २ बाट गृहमन्त्री बालकृष्ण खाणसहित चार जनाको नाम सिफारिस भएको छ। नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाणसहित नेता युवराज गिरी, कृष्णप्रसाद पोखरेल र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए।

खाण २०७४ को निर्वाचनमा समानुपातिकमा बसेका थिए। २०७० सालमा भने खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट एमाले नेता घनश्याम भुसाललाई पराजित गरेका थिए। यस क्षेत्रबाट २०६४ सालमा पनि खाण नै वियजी भएका थिए। तर, आगामी निर्वाचनका लागि खाणको नाम रुपन्देही २ बाट सिफरिस भएको हो।

रुपन्देही क्षेत्र नम्बर २ एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र हो। यहाँबाट पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका छन्। गिरी २०७४ को चुनावमा पौडेलसँग पराजित भएका थिए। 

गृहमन्त्री खाण रुपन्देही ३ बाट पनि सिफारिस हुन सक्ने जिल्ला सभापति खाणले बताए। गृहमन्त्री खाण निर्वाचनको मिति घोषणा भएसँगै जिल्लामा सक्रियता बढाएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell