PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

न्यूयोर्कको टाइम्स स्क्वायरमा अब बन्दुक निषेध



पहिलोपोस्ट

न्यूयोर्कको टाइम्स स्क्वायरमा अब बन्दुक निषेध
Photo : NYC Council/ CNN

न्यूयोर्क महानगरको व्यापारिक एवम् प्रमुख पर्यटकीय गन्तव्य टाइम्स स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ। निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक निषेध गरिने अधिकारीहरूले बताएका छन्।

बन्दुक बोक्ने अनुमति पाएकाहरूलाई पनि उक्त स्थलमा हतियार लैजान निषेध गरिने न्यूयोर्क महानगरका प्रमुख एरिक एडम्सले बताएका छन्। टाइम्स स्क्वायरलाई संवेदनशील क्षेत्रका रूपमा विकास गरिने तथा अब त्यहाँ रहेका विज्ञापन सङ्केतहरूमा पनि ‘टाइम्स स्क्वायर संवेदनशील एवं बन्दुकमुक्त क्षेत्र’ देखिने उनले वासिङटन टाइम्सलाई उनले बताए। कानुनद्वारा अधिकारप्राप्त व्यक्तिले विशेष परिस्थितिमा मात्र त्यहाँ बन्दुक बोकेर जानसक्ने उनले स्पष्ट गरेका छन्।

यसैबिच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि देशमा बन्दुक हिंसा बढेको भन्दै बन्दुकमाथि प्रतिबन्ध लगाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। टेनिसी राज्यको मेम्फीसमा बुधवार एकजना प्रहरी अधिकारीलाई गोली हानेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ।

मेम्फीसका प्रहरी प्रमुख सिजे डेभिसका अनुसार गत वर्षको तुलनामा यो वर्ष दुई हजारभन्दा बढी हतियार बरामद भएका छन्। उता, डेट्रोइटमा गत आइतवार एकजना किशोरले गोली चलाउँदा तीन जना मारिएका र अभियुक्तलाई हिरासतमा लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell