PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

पाल्पाको हिउँदे खोलामा सडक भासिएपछि बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध



पहिलोपोस्ट

पाल्पाको हिउँदे खोलामा सडक भासिएपछि बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदे खोलामा सडक भासिएपछि बुटवल-पाल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाका अनुसार वर्षाका कारण झण्डै ४० मिटर सडक भासिएको छ। सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय गरी सडक खुलाउने काम भइरहेको डीएसपी थापाले बताए। भासिएको सडकमा डाइभर्सन बनाएर यातायात सञ्चालन गर्न केही समय लाग्ने बताइएको छ।

सडक भासिएसँगै बुटवलबाट पाल्पातर्फ जाने र पाल्पाबाट बुटवलतर्फ आउने सवारी साधन हिउँदे खोलामै रोकिएका छन्। सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ पोखरासम्म जाने यात्रुका साथै र त्यसतर्फबाट बुटवलतर्फ आउने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell