काठमाडौंः ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सहकारीका अध्यक्ष एवम् पूर्वसभासद इच्छाराज तामाङसहित ६ जना विरुद्द ५ अर्ब ६७ करोड ५५ लाख २४ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा दर्ता भएको छ। तामाङले मात्र ३ अर्व ३१ करोड ८५ लाख रुपैयाँ गैरकानुनीरुपमा आर्जन गरेको विभागको अनुसन्धानले देखाएको छ।
विभागले बिहीबार विषेश अदालतमा तामाङविरुद्द मुद्दा दर्ताको गरेको हो। तामाङकी श्रीमती सृजना शाक्य तामाङ, छोरीहरु प्रतिक्षा र प्रतिष्ठा तामाङविरुद्ध पनि मुद्दा दायर भएको छ। यस्तै केशवलाल श्रेष्ठ र मिनाकुमारी श्रेष्ठविरुद्द पनि मुद्दा दायर भएको हो।
पुसमा जिल्ला अदालत काठमाडौंले तामाङलाई ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा पठाएको थियो। तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र सङ्गठित अपराधको मुद्धा अदालतमा विचाराधीन छ।