PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

सीजीको सीपले सयौंलाई रोजगारी



पहिलोपोस्ट

सीजीको सीपले सयौंलाई रोजगारी

काठमाडौं : देवचुली नगरपालिका वडा नम्बर २ का दिनेश पौडेलले २०७१ सालमा मेसिन सञ्चालनसम्बन्धि सीप सोही सीजी पोलिटेक्नीकलमा सिके। सीप सिकेको करिब एक वर्षमा उनले सोही चौधरी उद्योगको कार्टुन उत्पादन गर्ने क्षेत्रमा रोजगार पाए र अहिले सोहि रोजगारबाट मासिक ३५ हजारसम्म आम्दानी गरेका छन्।

‘२०७१ सालमा चौधरी उद्योगकै परिसरमा सीप सिकें, सीप सिकेपछि मेसिन चलाउन सकियो। अहिले सोही सीप अनुसारको काम पाएको छु,’ दिनेश पौडेलले भने। उनीमात्र होइन उनीजस्ता धेरै विद्यार्थीहरु सीप सिकेर देश र विदेशका विभिन्न प्रतिष्ठित उद्योगहरुमा रोजगार गरी आर्थिक आयआर्जन गर्दै आएका छन्। 

दिनेशको झैं चौधरी ग्रुपको सीपमुलक तालिम सञ्चालनले स्थानीय युवाहरुको दैनिकीमा परिवर्तनसँगै रोजगारी सिर्जना भएको छ। पूर्वी नवलपरासीको देचवुली नगरपालिका वडा नम्बर २ मा रहेको चौधरी उद्योग ग्राम परिसरमा २०६६ मा सुरु गरिएको सीप प्रशिक्षण तालिम सञ्चालन भएसँगै नवलपुर र अन्य जिल्लाका यूवायूवतीले पनि यस तालिममा सहभागी भएर सिकेका सीपलाई व्यवहारमा उतारी आफ्नो दैनिकी चलाइ रहेका छन्।

सीजी पोलिटेक्नीकलबाट सीप सिकेका दुई सय जना हाल सोही चौधरी उद्योगमा कार्यरत छन्। चौधरी ग्रुपकै सीप मुलक तालिम केन्द्रमा सीप लिएकाहरु अहिले दुम्कौलीस्थित चौधरी उद्योग ग्राममा दुई सय, दुम्कीबासस्थित सीजी सिमेन्ट उद्योगमा र अन्य उद्योगमा सजिलै रोजगार गरी आफ्नो दैनिकी चलाउँदै आएका छन्।

०६६ सालमा मेकानिकलबाट सुरु गरेको सीप मुलक तालिम २०६७ सालमा सीटिइभिटीसँग समन्वय गरी सीटिइभिटी कै मान्यताका अनुरुप सीजी पोलीटेक्नीकल सञ्चालन गरिएको हो। उद्योग परिसरको छुट्टै भवनमा हुने तालिममा इलेक्ट्रोनिक, उद्योगमा सञ्चालन हुने विभिन्न हेभी मेसिन मर्मतलगायतका धेरै प्रकारका विशेषगरी उद्योगसँग सम्बन्धित सीप प्रशिक्षण प्रदान गर्दे आएको छ।

सीजी पोलीटेक्नीकलको मुख्य उद्देश्य उद्योग र आफूलाई दैनिक जिवनमा आवस्यक पर्ने सामान्य सीको विकास र स्वदेश तथा विदेशमा रहेका ठुला उद्योगमा आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु भएको पोलिटेक्नीकल तालिमका प्रिन्सीपल शिवहरी ढकालले भने।

ढकालका अनुसार चौधरी उद्योग ग्राममा नै सञ्चालित तालिममा सहभागी विद्यार्थीहरुलाई प्राविधिक विषयमा आवस्यक प्रयोगशाला, औजारहरु पर्याप्त मात्रामा उपलब्ध गराइएको बताउँछन्।

‘तालिममा सहभागी हुन आउने विद्यार्थीहरुलाई आवस्यक सबै औजार र सीप विकासका लागि आवस्यक पर्ने शिक्षक देखि प्रयोगात्मकका लागि आवस्यक पर्ने सबै विषय वस्तुहरु हामी नै दिन्छौ,’ ढकालले भने।

बाह्र बर्ष अघिदेखि सञ्चालन हुँदै आएको उक्त सीप विकास तालिममा सहभागी विद्यार्थीहरुका लागि ६ महिनासम्म सीप सिकाइन्छ। उनका अनुसार आर्थिक वर्ष २०६६/०६७ देखि हालसम्म दुई हजार २ सय ६३ जनाले तालिम लिइसकेका छन्।

सिजी पोलिटेक्नीकलको तालिममा सहभागीले क्षमता विकास, विकासात्मक, पूर्वाधार विकास, अनुसन्धान विकास, बजार विकास र व्यापार विकास लगायतका विषयमा तालिम लिने गरेको पोलिटेक्नीकल सीप प्रदान गर्ने टोलीले जनाएको छ।

आगामी दिनमा यूवायूवतीका लागि अहिले आवश्यक पर्ने र बढी माग भएको सीप अन्तरर्गत हाउसकिपिङ, मोबाइल, कम्प्युटर मर्मत, मोटर साइकल मर्मत, वेटर लगायतका तालिमहरु प्रदान गर्ने योजना रहेको छ। यस्तै सीजी पोलिटेक्नीकलले आयुर्वेद, योगालगायतका विषयमा पनि तालिम प्रदान गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell