PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि सभा र प्रदेशसभाको उम्मेदवारमा सिफारिस



पहिलोपोस्ट

कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि सभा र प्रदेशसभाको उम्मेदवारमा सिफारिस

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश र प्रनिनिधिसभाको उम्मेदवार सिफारिस भएका छन्। कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमिति (ख) र एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको हुम्लामा शाही सर्वसम्मत सिफारिस भएका हुन्।

प्रदेश र प्रतिनिधिसभामा मुख्यमन्त्री शाहीको एकल उम्मेदवारी सिफारिस भएको हो। दलहरुबीच चुनावी गठबन्धन भए पनि मुख्यमन्त्री शाही निर्विकल्प जस्तै हुन्।

०७४ मा बाम गठबन्धन हुदाँसमेत प्रदेशसभा सदस्यमा विजयी भएका मुख्यमन्त्री शाहीलाई लोकप्रियताको आधारमा सिफारिस गरिएको क्षेत्रीय कार्यसमिति (ख)ले जनाएको छ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) ले प्रदेशसभाको प्रत्यक्षतर्फ मानदेव शाही, अर्जुन महतारा र मंगलबहादुर शाहीको नाम सिफारिस गरेको छ। समानुपातिकतर्फ राम टमट्टा, सविता ऐडी, मैना बुढा र मिमबहादुर शाहीको नाम सिफारिस गरिएको छ। प्रदेश (ख) ले समानुपातिकतर्फ पदमबहादुर लामा, विजया बुढा र रिता लामाको नाम सिफारिस गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell