PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित
तस्बिर: रोयटर्स

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टरसिटीमाथि संघर्षपूर्ण जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

युनाइटेडलाई जित दिलाउन जडोन साञ्चोले निर्णायक गोल गरे। उनले खेलको २३ औं मिनेटमा मार्कस रासफोर्डको पासमा गरेको गोल नै युनाइटेडको जितमा कोषेढुंगा साबित भयो। लिगमा खराब सुरुवात गरेको युनाइटेडलाई पछिल्ला जितले राहत मिलेको छ।

'यो उसको लागि मात्र सुरुवात हो, म यसमा विश्वस्त छु,' युनाइटेडका प्रशिक्षक टेन ह्यागले पूर्व बुन्डेसलिगा स्टार सान्चोको बारेमा खेलपछि भने,'उसँग क्षमता र स्कील छ। उसले यो फरक लिगमा पनि गरेको छ तर यो प्रिमियर लिग हो। उसले मानसिक र शारीरिक रूपमा अनुकुलन गर्नुपर्छ।'

जितसँगै युनाइटेड अंकतालिकामा ५ खेलबाट ९ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। अर्कोतर्फ पराजय ब्यहोरेको लेस्टरसिटी समान खेल खेलेर १ अंक जोड्दै तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell