PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पथलैयामा ट्रमा सेन्टर सञ्चालनको माग



पहिलोपोस्ट

पथलैयामा ट्रमा सेन्टर सञ्चालनको माग

वीरगंज : जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा ट्रमा सेन्टर सञ्चालन गर्न माग गरेको छ। समितिका संयोजक मनोज पौडेलले एक विज्ञप्ति जारी गर्दै मधेस प्रदेश सरकारसँग ट्रमा सेन्टर सञ्चालन गर्न माग गरेका हुन्।

विगत तीन वर्षदेखि पथलैयामा ट्रमा सेन्टरका लागि बजेट बिनियोजन गर्दै आएको भए तापनि सञ्चालन नगरेर बारा, पर्सा, रौतहट र राजमार्गमा यात्राका क्रममा दुर्घटनामा घाइते हुने यात्रीको उपचार पाउने अधिकारमा ठेस पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ। यस आवमा ट्रमा सेन्टर सञ्चालनका लागि बजेट नै विनियोजन नगरिएकोमा दुःख व्यक्त गर्दै संयोजक पौडेलले तत्काल आवश्यक प्रक्रिया पूरा गरी ट्रमा सेन्टर सञ्चालनमा ल्याउन माग गरेका हुन्।

राजमार्गमा दुर्घटनाबाट हुने घाइतेको तत्काल उपचारका लागि पथलैयामा रहेको स्वास्थ्य तालिम केन्द्रमा ट्रमा सेन्टर स्थापना गर्ने भनेर पहिलो वर्ष केन्द्रीय सरकार र विगत दुर्ई वर्षदेखि मधेस प्रदेश सरकारले बजेट विनियोजन गर्नुका साथै मुख्यमन्त्री लालबाबु राउत गद्दीले उक्त स्थलको निरीक्षण गर्दै तत्काल ट्रमा सेन्टर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। यस वर्ष प्रदेश सरकारले ट्रमा सेन्टर सञ्चालनका लागि बजेटसमेत नराखेको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell