PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कोरोना संक्रमण बढेपछि चीनको चेङ्दुमा लकडाउन



पहिलोपोस्ट

कोरोना संक्रमण बढेपछि चीनको चेङ्दुमा लकडाउन

चीनको चेङ्दुमा कोरोना संक्रमणदर बढेपछि लकडाउन गरिएको छ। पछिल्लो हप्ता ७६६ जनामा कोरोना पोजेटिभ देखिएपछि बिहीवार साँझ ६ बजेपछि अतिआवश्यक काम नपरेसम्म घरबाहिर ननिस्कन त्यहाँको स्थानीय सरकारले आग्रह गरेको हो। उक्त निर्णयपछि सिचुवान प्रान्तका २ करोड बढी मानिस घरबाहिर निस्कन पाउने छैनन्।

बिहीवारमात्र चेङ्दुमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जिरो कोभिड नीति अन्तर्गत अब आइतवारसम्म मास टेस्टिङ हुने बताइएको छ। रेस्टुराँदेखि सुपरमार्केटहरु प्याकिङ गरेर खान लान मिल्नेगरी सञ्चालनमा आउने उल्लेख गरिएको छ।

पछिल्लो संक्रमण स्विमिङ पुलबाट फैलिएको हुन सक्ने अनुमान गरिएको छ। चेङ्दुको स्वास्थ्य अधिकारीहरुका अनुसार सिचुवानका १९८ स्थान संक्रमणको उच्च जोखिममा छन् भने १८३ स्थान मध्य जोखिममा छन्।

संक्रमण दर तीव्र रुपमा फैलिरहेको र जोखिम क्षेत्रहरु बढिरहेको चेङ्दुका हेल्थ कमिसन निर्देशन याङ चियोगङले बताएका छन्। चेङ्दु विमानस्थलले यही कारण कयौं उडानहरु रद्द गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell