PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बुटवल - पाल्पा सडक पुनः अवरुद्ध



रमेश पराजुली

बुटवल - पाल्पा सडक पुनः अवरुद्ध

बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड पुनः अवरुद्ध भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा सडक भासिएपछि बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको हो। बिहीवार अपराह्न ४ बजे ४० मिटर सडक सवारी साधन सञ्चालन गर्न नमिल्नेगरी भासिएको थियो।

एकतर्फी सवारीसाधन सञ्चालन गर्न बनाइएको डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए।

भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न सकिने अवस्था नरहेको लम्सालले बताए। यस क्षेत्रमा अहिले पनि निरन्तर पानी परेको छ।

सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन्। बुटवलबाट पाल्पातर्फ जाने र पाल्पाबाट बुटवलतर्फ आउने सवारी साधन हिउँदे खोलामै रोकिएका छन्। सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पोखरासम्म जाने यात्रुका साथै र त्यसतर्फबाट बुटवलतर्फ आउने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell