PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

नारायणगढ - मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध



रासस

नारायणगढ - मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध
फाइल फोटो

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ।

निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन। पहिरो पन्छाउनका लागि समन्वय भइरहेको पण्डितले बताए। पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्। सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell