PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

फिल्म ‘के घर, के डेरा’ को फर्स्टलुक पोस्टर सार्वजनिक



पहिलोपोस्ट

फिल्म ‘के घर, के डेरा’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित ‘के घर, के डेरा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको अफिसियल पोस्टरसँगै क्यारेक्टर पोस्टरसमेत सार्वजनिक गरिएको हो।

आगामी कार्तिक ४ मा रिलिज हुने फिल्मको अफिसियल पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झाले स्थान पाएका छन्। रिलिज भएकामध्ये दुईवटा क्यारेक्टर पोस्टर दयाहाङ राई र विपिन कार्की फिचर्ड छन्।

महेश दवाडीको पटकथा र संवाद रहेको सिनेमामा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री बाल कलाकार आयुशी ढकालको पनि अभिनय छ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्म निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन्। सिंगे लामाको कथा रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell