PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

सुदूरपश्चिममा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा



रासस

सुदूरपश्चिममा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा
महेन्द्रनगर बजारस्थित खुलामञ्चमा गौरा पर्वको अवसरमा देउडा खेल्दै स्थानीय। फोटो : रासस

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारले गौरापर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशभरिका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जानकारी दिए।

प्रदेश सरकारले गौरापर्वका अवसरमा दिइँदै आएको बिदा कटौती गरेको भन्दै विभिन्न सङ्घसंस्था र राजनीतिक दलहरूले विज्ञप्ति जारी गरी आलोचना गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो।

यसैबीच कञ्चनपुरका नौवटै स्थानीय तहले सुदूरपश्चिमको महत्वपूर्ण पवै गौरामा आज स्थानीय बिदा दिने निर्णय गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell