PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

प्रज्ञापनपत्र भन्दा बढी चकलेट बोकेको भारतीय नम्बर प्लेटको ट्रक प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

प्रज्ञापनपत्र भन्दा बढी चकलेट बोकेको भारतीय नम्बर प्लेटको ट्रक प्रहरी नियन्त्रणमा

काठमाडौंः बिल बिजकभन्दा बढी सामान बोकेको भारतीय नम्बर प्लेटको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर २४ स्थित सडकबाट भन्सार प्रज्ञापन पत्र भन्दा बढी सामान लोड गरेको ट्रकलाई नियन्त्रणमा लिएको हो। ट्रकमा विभिन्न परिमाणमा फरक फरक चक्लेटहरु लोड गरिएको पाइएको छ। ट्रकको सामान सहित ५० लाख मूल्याङ्कन गरी थप अनुसन्धानको लागि  राजस्व अनुसन्धान कार्यालय पथलैयामा प्रहरीले बुझाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell