काठमाडौंः कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा शिवसताक्षी नगरपालिका-८ बस्ने ३७ वर्षीय दिप्सन लावतीलाई बिहीबार पक्राउ गरेको छ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको २०६३ असोज ३ गतेको फैसलाले जन्म कैद ठहर भएको र पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत छुट्टाछुट्टै मितिमा उक्त फैसला सदर भएको थियो। लावतीले उक्त मुद्दामा १ वर्ष ७ महिना २४ दिन कैद भुक्तान गरी सकेका थिए भने १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो।
उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी झापामा पठाइएको छ।