PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

पर्सा एमालेबाट यी नेताको नाम सिफारिस



पहिलोपोस्ट

पर्सा एमालेबाट यी नेताको नाम सिफारिस

वीरगंज : नेकपा एमालेले पर्साको विभिन्न क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नाम सिफारिस गर्न शुरु गरेको छ। पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि सभातर्फ बसरुद्दीन अन्सारी, पूर्व सांसद जुनैद अन्सारी, इस्लाम हवारीको नाम सिफारिस गरेको छ भने पर्सा क्षेत्र नं ३ को समन्वय समितिको बैठकले क्षेत्र नं ३ बाट नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताको एकल नाम सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

पर्सा क्षेत्र नं ३ को क्षेत्रीय समन्वय समितिका अध्यक्ष राजेश्वर रौनियारको अध्यक्षतामा भएको भेलामा पर्साका इन्चार्ज प्रभु हजरा, जिल्ला अध्यक्ष जयप्रकाश थारू, सचिव मनोज गुप्ता, प्रदेश कमिटी सदस्य शम्भु गुप्ता, पोखरिया नपाका प्रमुख प्रद्युम्न चौहान, सखुवाप्रसौनी गापाका प्रमुख यशवन्त यादव, प्रदेशसभा सदस्य प्रह्लाद गिरी, जालीम मियाँ, तेजप्रकाश निषाद, विनोद गिरी, बलिराम साह, राजुबाबू चौधरीलगायतको सहभागिता थियो। त्यसैगरी, एमाले पर्सा क्षेत्र नं ४ को बिहीवार राखिएको भेलामा विवाद भइ स्थगित भएको छ भने क्षेत्र नं २ को भेला शुक्रवार बोलाइएको छ। प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिकको नाम सिफारिसको टुंगो लागेपछि प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिकको नामावालीमा छलफल गरी नाम सिफारिस गर्ने नेकपा एमाले पर्साको तयारी रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell