PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

एसिया कपको ‘सुपर ४’को चौथो टोलीको निर्णय आज, हेभिवेट पाकिस्तानसँग अण्डरडग हङकङ भिड्दै



पहिलोपोस्ट

एसिया कपको ‘सुपर ४’को चौथो टोलीको निर्णय आज, हेभिवेट पाकिस्तानसँग अण्डरडग हङकङ भिड्दै
Photo: PCB

एसिया कपको सुपर ४ मा पुग्ने तीन टोलीको टुंगो लागिसकेको छ। समूह ‘बी’को विजेता टोली अफगानिस्तानले शतप्रतिशत जित निकाल्दै सुपर चारमा स्थानमा बनाउँदा समूह ‘ए’बाट भारतले शतप्रतिशत जित निकाल्दै आफूलाई सुरक्षित गरिसकेको छ।

त्यस्तै, गएराति सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशमाथि रोमाञ्चक जित निकाल्दै सुपर चारमा पुग्ने तेस्रो टोली बन्यो। आज समूह ‘ए’मा भारतसँग पराजय ब्यहोरेका पाकिस्तान र हङकङ प्रतिस्पर्धा गर्दैछन्।

जित्ने टोली एसियाकपको सुपर ४ मा स्थान बनाउने चौथो टोली हुनेछ। खेल आज साँझ पौने ८ बजे शारजाह क्रिकेट मैदानमा सुरु हुनेछ।

उसो त टेस्ट राष्ट्र पाकिस्तान हङकङ भन्दा सबै हिसाबले हेभिवेट टिम हो। त्यसमा पनि आईसीसीको टी-२० वरीयतामा ब्याटिङतर्फ शीर्ष दुईमा रहेका बाबर आजम र मोहम्मद रिजवानले आफ्नो प्रभाव देखाउने छन् नै।

त्यसको बावजुत हङकङको पछिल्लो समयको लयलाई पनि नजरअन्दाज गर्न सकिने अवस्था भने छैन। एसोसिएटमा राम्रा मानिएका यूएई, कुवेत र सिंगापुरलाई हराउँदै विश्वकपको समूह ‘ए’मा पुगेको हङकङले पछिल्लो खेलमा भारतसँग पराजय ब्यहोरेको थियो।

त्यसका बावजुत भारतजस्तो क्रिकेट शक्ति राष्ट्रसँग निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाउँदै हङकङले आफ्नो स्वभाविक लयलाई देखाएको थियो। यस्तोमा पाकिस्तान हङकङसँग सतर्क हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell