PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड आयो सञ्चालन



रासस

पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड आयो सञ्चालन

चितवन : पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेर अवरुद्ध भएको सडक बिहान ११:४५ बजेपछि सञ्चालनमा ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको थियो। पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो। पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell