अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डिज डि किर्चनरको हत्या गर्ने प्रयास भएको छ। राजधानी ब्यूनसस्थित आफ्नै निवास बाहिर समर्थनसँग भेटिरहेको अवस्थामा एक बन्दुकधारीले उनीमाथि आक्रमण गरेको बीबीसीले जनाएको छ। ती व्यक्तिले भिडबाट निकल्नेर क्रिस्टिनाको अनुहार नजिकै पेस्टोल तेर्साएका थिए।
त्यहाँ उपस्थित समर्थक र प्रहरीले सो व्यक्तिलाई नियन्त्रणमा लिएका थिए।
अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डिजका अनुसार पेस्तोलमा पाँच राउन्ड गोली थियो। जब सो व्यक्तिले बन्दुकको ट्रिगर दबाएका थिए, त्यसले काम गरेन र क्रिस्टिना जोगिन सफल भइन्।
El video del arma contra @CFKArgentina pic.twitter.com/8j1xpMnPoe
— Lautaro Maislin (@LautaroMaislin) September 2, 2022
क्रिस्टिना यसअघि अर्जेन्टिनाको राष्ट्रपति पनि भइसकेकी व्यक्ति हुन्। उनीमाथि आफ्नो कार्यकालमा भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ। उनले भने सबै आरोपको खण्डन गर्दै आएकी छिन्। भष्ट्राचार मुद्दामा अदालतमा सुनुवाइपछि उनी घर बाहिर पुगेको बेला नै आक्रमण भएको हो।
प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। हत्या प्रयास गर्ने व्यक्ति ३५ वर्षीय ब्राजिलियन रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन्। प्रहरीले हत्या प्रयासको कारण खोजिरहेको छ। आक्रमणको घटनापछि राष्ट्रपति अल्बर्टोले राति देशवासीको नाममा सम्बोधन गर्दै सन् १९८३ मा लोकतन्त्र प्राप्तपछि सबैभन्दा गम्भीर घटना भएको बताएका छन्।