PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

महिला साफको अनुमानित बजेट करिब साढे ३ करोड : प्रतियोगितामा सहभागिता जनाउन दुई टोली नेपालमा, अरु कहिलेसम्म आइपुग्छन् ?



पहिलोपोस्ट

महिला साफको अनुमानित बजेट करिब साढे ३ करोड : प्रतियोगितामा सहभागिता जनाउन दुई टोली नेपालमा, अरु कहिलेसम्म आइपुग्छन् ?

काठमाडौं : दक्षिण एसियाली फुटबल संघ (साफ)को कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २१ गते देखि असोज ३ गतेसम्म साफ महिला फुटबल प्रतियोगिता आयोजना गर्दैछ। आज एन्फाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी सकिएको जनाएको हो।

प्रतियोगिताका लागि एन्फाले ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। जसमध्ये सहभागी टिमहरुको र म्याच अफिसियलहरुको खानपिन तथा बसोबास खर्च साफले ब्यहोर्ने तथा खेल मैदान तयारी, स्थानीय यातायत र अन्य खर्च एन्फाले ब्यहोर्ने छ। प्रतियोगिताका लागि पाकिस्तान र भुटानको टोली नेपाल आइपुगेका छन् भने बाँकी टोली आइतवारसम्म आइपुग्ने एन्फाले जनाएको छ।

प्रतियोगिताको टिकेटिङ, मार्केटिङ र ब्रोडकास्टिङ अधिकार हण्ड्रेड स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडले पाएको छ। प्रतियोगिता आयोजक समितिका संयोजक वीरबहादुर खड्काका अनुसार हण्ड्रेड स्पोर्टससँग ६२ लाखको सम्झौता  भएको हो जसमा टिकटका लागि २६ लाख र बाँकी अन्य रकम रहेको छ। त्यस्तै साफबाट २ लाख ५० हजार डलर प्राप्त भएको उनले जनाए। टिकटमा साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँ र भीआईपीतर्फ ५ सय रुपैयाँ शुल्क तोकिएको छ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। 'लिग कम नकाउट' प्रणालीमा हुने प्रतियोगिताको समूह ए मा नेपाल, श्रीलंका र भुटान छन् भने समूह बी मा भारत, बंगलादेश र पाकिस्तान छन्। प्रत्येक समूहबाट प्रथम र द्वितिय हुने टिम सेमिफाइनल प्रवेश गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell