PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

भारतीय फुटबल संघको अध्यक्षमा चौबे विजयी, भाइचुङ भुटियाले पाए मात्र एक मत



पहिलोपोस्ट

भारतीय फुटबल संघको अध्यक्षमा चौबे विजयी, भाइचुङ भुटियाले पाए मात्र एक मत
Photo: AIFF/Twitter

भारतीय फुटबल संघ (एआईएफफ) को अध्यक्षमा कल्याण चौबे निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा भाइचुङ भुटियालाई पछि पार्दै निर्वाचित भएका हुन्। ४५ वर्षीय चौबेले पूर्व कप्तान भुटियालाई ३३-१ को फराकिलो मतअन्तरले हराएका हुन्। 

चौबे भारतीय जनता पार्टीका नेता हुन्। गएको लोकसभा निर्वाचनमा उत्तर बंगालको कृष्णनगरबाट उनले निर्वाचन लडेका  थिए जसमा उनी पराजित भएका थिए। उनले भारतीय फुटबल टोलीको सिनयर टिममा रहेर कहिलै खेलेका छेनन्। तर, केही प्रतियोगितामा भने उनी स्क्वाडमा परेका थिए।उनले मोहन बगान, इस्ट बेङ्गल लगायतका क्लबबाट फुटबल खेलका छन्।

भारतीय फुटबल टोलीमा करिब दशक बिताएका भुटियाको समर्थनमा ३४ सदस्यमा कोही भएनन्। इस्ट बेङ्गलमा चौबे र भुटिया एकैटिममा रहेर खेलिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell