PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

२१९ रन पछ्याउँदै नेपाल ब्याटिङमा



पहिलोपोस्ट

२१९ रन पछ्याउँदै नेपाल ब्याटिङमा

काठमाडौं : नेपाल र केन्याबिचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि २१९ रनको लक्ष्य दिएको छ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको हो। केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रनको योगदान दिए भने कोलिन्स ओबुयाले ६२ रन बनाए। यसैगरि इरफान करिमले ३० रन जोड्दा सचिन भुडियाले २६ रन बनाए।         

बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले समान ३-३ विकेट लिए भने आदिल अन्सारी र पवन शर्राफले १-१ विकेट हात पारे।

नियमित कप्तान सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज गएपछि आजको खेलमा रोहितकुमार पौडेलले टोलीको नेतृत्व गरिहरेका छन्। उक्त सिरिजअन्तर्गतको दोस्रो खेल भालि शनिबार र तेस्रो खेल सोमबार हुनेछ।

यसअघि नेपाल र केन्याबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिज नेपाल ३-२ ले विजयी भएको थियो। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell