PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एकतर्फी रुपमा सञ्चालनमा आयो बुटवल-पाल्पा सडक



पहिलोपोस्ट

एकतर्फी रुपमा सञ्चालनमा आयो बुटवल-पाल्पा सडक

बुटवल : बिहीवार बेलुकादेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले केहिबेर अघिबाट सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जानकारी दिए।

पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदेखोलामा बिहीवार अपराह्न ४ बजे ४० मिटर सडक सवारी साधन सञ्चालन गर्न नमिल्नेगरी भासिएको थियो। राति पुनः रुखसहितको पहिरो झरेपछि सडक बन्द भएको थियो।

भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन नियमित सञ्चालन गर्न समस्या हुने सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए। यस क्षेत्रमा अहिले पनि निरन्तर पानी परिरहेको छ।

सडक सञ्चालनमा आएसँगै बुटवलबाट पाल्पातर्फ जाने र पाल्पाबाट बुटवलतर्फ आउने सवारी साधन र यात्रुहरु गन्तव्यमा जान हिँडेका छन्। सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा अन्य वैकल्पिक सडक नहुँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पोखरासम्म जाने यात्रुका साथै र त्यसतर्फबाट बुटवलतर्फ आउने सवारी साधन र यात्रु बाटोमै रोकिनुपरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell