PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या, हत्या अभियोगमा दाइ नाता पर्ने समातिए



पहिलोपोस्ट

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या, हत्या अभियोगमा दाइ नाता पर्ने समातिए

काठमाडौं : उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ। बेलका नगरपालिका-७ बस्ने ३७ वर्षीय राजकुमार बस्नेत, उनकी ३३ वर्षीय श्रीमती सरिता बस्नेत र १२ वर्षीय छोरा सुजनको हत्या भएको हो।

आज बिहान ११ बजेतिर तीन जनाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ।

शव वालबुङ खोला नजिकै शव भेटिएको हो। आमा र छोराको शव एक ठाउँमा र बुबाको शव अर्कोतिर भेटिएको हो।

‘बिहानै खेत गोड्न गएका रहेछन् र त्यही खोला नजिकै हत्या गरेको अवस्थामा शव भेटिएको थियो,’ बेलका नगरपालिका प्रमुख अशोक कार्कीले भने।

प्रहरीले हत्या गरेको अभियोगमा एक ४० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ। उनी मृतकका नाता पर्ने व्यक्ति हुन्। राजकुमारका उनी दाइ पर्छन्। प्रारम्भिक अनुसन्धानमा लेनदेन र रिसिइबीको कारण घटना भएको खुलेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell