PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

आशिफको शतकमा केन्यामाथि नेपालको सानदार जित



पहिलोपोस्ट

आशिफको शतकमा केन्यामाथि नेपालको सानदार जित
फाइल फोटो क्यान

काठमाडौं: नेपाली क्रिकेट टोलीले केन्यासँगको एकदिवसीय (ओडी) अभ्यास सिरिजको पहिलो खेलमा जित निकालेको छ। आज सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली केन्यामाथि ७ विकेटको सहज जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको थियो। केन्याका लागि राकेप पटेलले सर्वाधिक ६७ रन बनाउँदा कोलिन्स अबुयाले ६२ बनाए। त्यस्तै इर्फान करिमले ३० रन बनाउँदा सचिन बुडियाले २६ रन बनाए। बलिङतर्फ करण केसी र सोमपालले सर्वाधिक ३ विकेट लिँदा मोहम्मद आदिल आलम र पवन सर्राफले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले आशिफ शेखको शतक र अर्जुन साउदको अर्धशतकको सहायतामा ४७.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि शेखले सर्वाधिक ११० रन बनाउँदा अर्जुन साउदले ६१ तथा ज्ञानेन्द्र मल्लले २४ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले क्रमश अविजित १५ र ३ रन ल्याए। बलिङतर्फ शेन एनगोचेले २ र विसिल पटेलले १ विकेट लिए।

टी २० सिरिज खेलेर सन्दीप लामिछाने सीपीएल खेल्न गएपछि एकदिवसीय सिरिजमा पौडेलले कप्तानीको जिम्मेवारी पाएका छन्।

सिरिजको दोस्रो खेलमा शनिवार नेपाल र केन्या आमनेसामने हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell