PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

वीरगंज महानगरमा राजेशमानको १०० दिनः सिंहले भने, ‘बालेनले मेरो सिको गरे’



पहिलोपोस्ट

वीरगंज महानगरमा राजेशमानको १०० दिनः सिंहले भने, ‘बालेनले मेरो सिको गरे’

वीरगंजः वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो सिको गरेको बताएका छन्। निर्वाचित भएको सय दिनको उपलब्धि सार्वजनिक गर्दै सिंहले यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘काठमाडौंका प्रमुखजस्तै मैले यहाँ गर्नुपर्दैन। हामी अर्काको नक्कल गर्दैनौं। बरु बालेनले मेरो नक्कल गरिरहेका छन्। सुरुमै मैले वीरगंजको नाला अतिक्रमण तथा फुटपाथ अतिक्रमण हटाएँ र त्यसैको सिको अहिले बालेनले गरिरहेका छन्।’

वीरगंजको मुख्य सडकखण्डका सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन रहेको र टुङ्गो नलागेसम्म केही गर्न नसक्ने बताए।

हजारीमल धर्मशाला, नगरसभा गृह, स्वीमिङपुललगायतका सार्वजनिक सम्पत्तिको संरक्षण पनि मुख्य एजेन्डा रहेको उनले बताए।

निर्वाचित भएर आएपछि प्रस्तुत गरेको २४ बुँदे प्रतिवद्धता उनले जनाएका थिए। चुनावपछि

सम्पत्ति कर, सवारी कर, पिठिया करलगायतमा दर घटाएर जनतालाई राहत दिएको उनले बताए।

युवा लक्षित कार्यक्रमका लागि रणनीति बनाएर अगाडि बढेको उनले दाबी गरे। विद्युतीय हाजिरी व्यवस्था गरेको, सेवाग्राहीका लागि कार्यालयलाई वातानुकूलित गरिएको उनले बताए। नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको सूची अनुसार १० हजार घरेलु मिटरमा अधिकतम ३० युनिट र महानगरभित्रका ४७० कृषि मिटरको भुक्तानी महानगरले गर्ने निर्णय गरेको उनले बताए।

संस्थागत विद्यालयले शुल्क निर्धारणका लागि उपसमिति गठन भएको र भौतिक पूर्वाधार र अन्य मापदण्डका आधारमा शुल्क निर्धारण गर्ने काम अघि बढेको उनले बताए।

उज्यालो वीरगंज कार्यक्रम अन्तर्गत बिग्रिएका सडक बत्तीको मर्मत, आवश्यक स्थानमा सिसिटिभी जडान, फोहोर व्यवस्थापनको लागि ल्यान्डफिल र नयाँ उपकरण जडानको काम अघि बढाइएको उनले बताए।

ट्राफिक समस्या समाधानको लागि सिटी राइड, म्याजिक भ्यानको पार्किङ बसपार्कमा गर्ने, ईरिक्सालाई महानगरमा दर्ता गर्नुका साथै रूट निर्धारण गर्ने काम अगाडि बढेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell