काठमाडौंः राष्ट्रिय सभाका चार विषयगत समिति सभापति चयन भदौ २३ गते हुने भएको छ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्।
सोही अनुसार सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ। प्रकाशित कार्यतालिका अनुसार भदौ २२ गते ११ बजेदेखि ४ बजेसम्म मनोनयन हुनेछ। सोही दिन ४ः३० बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ। यस्तै, भदौ २३ गते दिउँसो १ बजे निर्वाचन हुनेछ।
राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन्।