PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

देश छाडेर भागेको झन्डै ५० दिनपछि स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे



पहिलोपोस्ट

देश छाडेर भागेको झन्डै ५० दिनपछि स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे

देश छाडी भागेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाये राजापाक्षे स्वदेश फर्केका छन्। उनी गत जुलाईमा सिंगापुर एयरलाइन्यसबाट देश छाडी भागेका थिए। देश छाडेर भागेको झन्डै ५० दिनपछि शनिवार बिहानै उनी श्रीलंका फर्किएको बताइएको छ।

श्रीलंकाको सञ्चारमाध्यमका अनुसार राजापाक्षे बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदा कडा सुरक्षा व्यवस्था गरिएको थियो। उनलाई स्वागत गर्न मन्त्रीहरु त्यहाँ पुगेका थिए। राजापाक्षे कोलम्बोमै बस्ने र त्यहाँ कडा सुरक्षा व्यवस्था मिलाइने बताइएको छ।

आन्दोलनकारी राष्ट्रपति निवासमै घुसेर प्रदर्शनमा उत्रिएपछि गत जुलाई १३ मा उनी मल्दिभ्स भागेका थिए। आर्थिक संकटले श्रीलंका टाट पल्टिएपछि त्यहीबेला उनले पदबाट राजीनामा दिएका थिए। यसअवधिमा उनी माल्दिभ्स, सिंगापुर र थाइल्यान्ड पुगे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell