PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

रामलाल जोशीको 'बाआमा' सार्वजनिक



पहिलोपोस्ट

रामलाल जोशीको 'बाआमा' सार्वजनिक

काठमाडौं : रामलाल जोशीको आख्यान 'बाआमा'सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा शुक्रवार ‘बाआमा’ आख्यान विमोचन गरिएको हो।

कांग्रेसका महामन्त्री गगन थापा, नायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र  लेखक सगुना शाहले संयुक्त रुपमा उक्त कृति लोकार्पण गरेका हुन्। बुक हिल प्रकाशक गरेको उनको यो तेस्रो कृति हो।

नयनराज पाण्डेले प्रजातन्त्रदेखि हालसम्मको कालखण्डलाई जोडेर परिवारिक सम्बन्धको कुराहरू यस पुस्तकमा समेटिएको बताए। पुस्तक पढ्दा निकै भावुक भएको उनले सुनाए।

गगन थापाले पनि पुस्तक पढ्दै जाँदा आफ्नै कथा लाग्ने सुनाए। यो वरिपरि भएका बाआमाको कथा भएको उनले भने।

त्यसैगरी, राजेश हमालले यो पुस्तक पढेर पाठकहरु आफ्नो बाआमा सङ्गको कस्तो सम्बन्ध गाँसेका थियौ र कस्तो व्यवहार गरेका थियौ भनेर सम्झन बाध्य हुने सुनाए।

२०५७ सालमा प्रकाशन गरेको 'हत्केलामा आकाश' गजलसंग्रहपछि रामलाल जोशीका  ‘ऐना’ र ‘सखी’ प्रकाशित भैसकेका छन। ‘ऐना’ले वि.स २०७२ सालमा मदन पुरस्कार समेत जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell