काठमाडौं : नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ह्दयराम थानीको नाम प्रतिनिधिसभा सदस्यका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ। शुक्रवार साँझ बसको क्षेत्रीय समितिको बैठकले उक्त क्षेत्रबाट थानीसहित श्याम भारती, टिएन जोशी, निरन्जन केसी र कमलबहादुर खत्रीको नाम सिफारिस गरेको हो।
समानुपातिक तर्फ भने शिवराज जोशी, जानकी सिंह, गोविन्द बहादुर मल्ल, साधना घिमिर लोकबहादुर विश्वकर्मा लगायतका नेताहरुको नाम सिफारिस गरेको छ। यो क्षेत्रको क प्रदेशमा पूर्व जिल्ला सभापति कमलराज रेग्मी सहित ९ जनाको नाम सिफारिस भएको छ। अन्यमा कर्णबहादुर बुढा, कालिप्रसाद शाक्य, गोविन्द कोइराला, देवकुमार सुवेदीको नाम प्रत्यक्षका लागि सिफरिस भएको छ। त्यस्तै ख प्रदेशमा उपेन्द्र थापा,यज्ञबहादुर पाठक, दिपबहादुर रावत लगायतको नाम सिफारिस भएको छ। सुर्खेत क्षेत्र नम्बर १ बाट यसअघि नै उपसभपाति पूर्णबहादुर खड्काको नाम सिफारिस भइसकेको छ।