PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

चार दिनपछि मस्कोमा हुँदै गोर्भाचोभको अन्त्यष्टि, पुटिन भने अनुपस्थित रहने



पहिलोपोस्ट

चार दिनपछि मस्कोमा हुँदै गोर्भाचोभको अन्त्यष्टि, पुटिन भने अनुपस्थित रहने
GETTY

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्भाचोभको मृत्यु भएको चार दिनपछि अन्त्यष्टि गरिने भएको छ। रुसको मस्कोमाा हुने उनको अन्त्यष्टिमा राष्ट्रपति भ्लादिमिर पुटिन भने अनुपस्थित हुने भएका छन्। कार्यव्यस्ततालाई उनी अनुपस्थित हुनुको कारण बताइएको छ। 

लामो शितयुद्धलाई शान्तपूर्ण रुपमा अवतरण गराउन मूख्य भूमिका निर्वाह गरेका गर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो। शितयुद्ध समाप्त भएसँगै सोभियत संघको अस्तित्व पनि समाप्त भएको थियो। राष्ट्रपति पुटिनले सोभियत संघको अवसानलाई शताब्दीकै ठूलो भूराजनीतिक तहसनहसका रुपमा व्याख्या गरेका थिए। 

सन् १९८५ मा सत्ता नियन्त्रणमा लिएका गर्भाचोभले रुसलाई उदारवाद र खुला अर्थतन्त्रतिर अगाडि बढाएका थिए। यस्तो प्रयासका बाबजुद उनले सोभियत संघलाई जोगाउन भने असफल रहे। सन् १९९१ मा भएको विभाजनलाई लिएर रसियाले उनीमाथि सधैं आरोप लगाउँदै आएको छ। 

रसियाभन्दा बाहिर भने उनलाई सम्मान गर्नेहरु धेरै नै छन्। स्थानीय समयअनुसार १० बजे उनको दाह संस्कार हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell