PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य



पहिलोपोस्ट

कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य

काठमाडौं : रोहित कुमार पौडेलको कप्तानीमा नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ। केन्याको नैरोवीस्थित जिमखाना मैदानमा पहिलो इनिङ्स सकिएको छ।

नेपालले जीतका लागि घरेलु टोली केन्यालाई २३१ रनको सम्मानजनक लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव २ ओभरमा  अल आउट हुँदै २३० रन बनाएको छ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकिय पारी खेले। उनी ९५ बलमा ७८ रन बनाएर आउट भए। त्यस्तै, देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसिर अहमदले १७ र आदिल अन्सारी १४ रनको योगदान दिए।

बलिङ तर्फ नेहेमियाह ओधियम्बो, भिराज पटेल र शेम नोचेले समान २ तथा लुकास ओलाउच र राकेप पटेले १/१ विकेट लिए।

यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यासँग शुक्रवार पहिलो एकदिवसीय खेल खेलेको थियो। उक्त खेलमा नेपाल सात विकेटले विजयी भएको थियो।

नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी-२० क्रिकेट सिरिज पनि खेलेको थियो। नेपालले उक्त सिरिज ३-२ ले जित्यो। टी-२० सिरिजको कप्तानी नियमित कप्तान सन्दीप लामिछानेले गरेका थिए।

उक्त सिरिज सम्पन्न भएपछि लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएका छन्। लामिछाने सीपीएलमा जमैका तालावाजमा आवद्ध छन्। नेपालले केन्यासितको अन्तिम एकदिवसीय खेल सोमवार खेल्ने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell