
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५ सय ३७ जनामा परीक्षण गर्दा २ सय जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै सोही अवधिमा ३ सय ३९ जना संक्रमण मुक्त भएका छन्। अहिले देशभर संक्रिय संक्रमितको सङ्ख्या २ हजार ६ सय ४२ रहेको छ।
त्यस्तै, २४ घण्टाको अवधिमा संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोना संक्रमण भएका १२ हजार ७ जनाको मृत्यु भइसकेको छ।