PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

कमल थापा मकवानपुर १ बाट सिफारिस



पहिलोपोस्ट

कमल थापा मकवानपुर १ बाट सिफारिस
फाइल फोटो।

हेटौँडा : राष्ट्रिय प्रजातान्त्रिक पार्टी (नेपाल)ले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट केन्द्रीय अध्यक्ष कमल थापाको नाम सिफारिस गरेको छ। मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा राप्रपा नेपालले थापाको नाम सिफारिस गरेको हो।

शनिवार दिउँसो हेटौँडामा बसेको जिल्ला संयुक्त क्षेत्रीय बैठकले थापालाई सर्वसम्वत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए। जिल्लाको अन्य प्रतिनिधि तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम तय गर्ने राप्रपा नेपाल मकवानपुरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell